शेखर कोइराला पक्षको बृहत् बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ । सभापतिमा शेरबहादुर देउवासँग पराजित कोइरालाले आफूनिकट नेताहरूसँग महाधिवेशन र त्यसपछिको राजनीतिका विषयमा छलफल गर्न भेला बोलाएका हुन्। भेला दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्ने नेता मधु आचार्यले जानकारी दिए।

महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू ईतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको हो ।

भेलाको तयारीस्वरुप कोइरालाले मंगलबार शीर्ष नेताहरूसँग छलफल गरेका थिए। कोइरालाले मंगलबार उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतसँग छलफल गरेका थिए। सभापति देउवाले आफ्नो समूहलाई बेवास्ता गरेको निष्कर्ष छलफलबाट निकालिएको थियो ।

सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनको टिकट वितरणका क्रम देखाएको रबैयाले पनि उनी आफू ईतर समूहलाई पेलरै जाने मुडमा रहेको संकेत गरेको ठहर नेताहरुले गरेका थिए । कोइराला समूहको बैठकमा सो समूहबाट पदाधिकारी तथा केन्द्रीय समितिमा चुनाव लडेकाहरुसहित अन्य समर्थकहरूलाई पनि बोलाइएको छ ।

प्रतिक्रिया