काठमाडौं उपत्यका र तराईमा हुस्सु, दिउँसो आंशिक बदली हुने


काठमाडौं – हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली विकास भएको छैन । सोमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सुकुहिरो लागेको छ । दिउँसो भने देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रतिक्रिया