अमेरिकामा राजेश पायल राईमाथि किन भयो आक्रमण ?


काठमाडौँ – अमेरिकामा गायक राजेश पायल राईलाई गरिएको आक्रमणको गायक, संगीतकारलगायत धेरै जना कलाकारले विरोध गरेका छन्। आक्रमणकारीलाई सार्वजनिक गर्न माग गरेका छन्।
नयाँ वर्ष सन् २०२२ सुरु भएको उपलक्ष्यमा गत शनिबार न्युयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेकै बेला राईलाई एक व्यक्तिले एक्कासि पछाडिबाट गर्धन समात्दै पछार्ने प्रयास गरेका थिए। तर दर्शकको सक्रियताले थप केही हुन पाएन।

आयोजकको कमजोरीका कारण गायक राईलाई स्टेजमै दुर्व्यवहार भएको भन्दै कलाकारले घटनाको निन्दा गरेका छन्।

गायक प्रमोद खरेलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्यक्रम व्यवस्थापनको कमजोरी त देखियो नै, तर हामी नेपाली समुदायका भेला, गोष्ठी, कार्यक्रम माथि नै प्रश्न उठ्न सक्ने यस्ता घटनाले पक्कै पनि राम्रो सन्देश दिँदैन।’

प्रतिक्रिया