निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा निर्वाचन मण्डलका सदस्यले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यहरूको नाम प्रस्तुत गरेका छन् । निर्वाचन मण्डलले प्रस्तुत गरेका निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित भएको छ ।
निर्वाचनमा विष्णु पुकारलाई निरन्तरता दिइएको छ भने अनुशासनमा टंक राई र लेखामा पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ ।