माओवादी महाधिवेशन: महामन्त्री कुन्ती शाहीले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि…


काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही ।

उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।

सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् ।

शाहीले माओवादी केन्द्रकाे महाधिवेशनकाे सफलताकाे शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाकाे अधिकार ल्याउन सफल हाेस् भनेकी  थिइन् ।

प्रतिक्रिया