

विवाहमा चासो नदिनेलाई कोरोना संक्रमणको खतरा बढी !

स्वीडेन(एजेन्सी)– कोरोना भाइरसको संक्रमणको दर विश्वभर लगातार बढ्दै गइरहेको छ । यहीबीच स्वीडेनमा गरिएको एक अध्ययनमा जो व्यक्तिमा विवाह प्रति कुनै चासो छैन, उसमा कोरोना संक्रमणको खतरा बढी हुने देखाएको छ । यती मात्र होइन, कोरोनाको संक्रमण भएपछि विवाहित व्यक्तिको तुलनामा अविवाहित व्यक्तिमा मृत्यु सम्भावना बढी हुने पनि सोही अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार अविवाहितको खराब जीवनशैलीका कारण अधिकांश मानिसको रोग प्रतिरोधक क्षमता विवाहित व्यक्तिको तुलनामा कम हुने गरेको छ । अर्थात् उसको इम्यून सिष्टम कमजोर हुन्छ र सोहीकारण मानिसहरु कोरोना भाइरसका रोगीको सम्पर्कमा चाँडै पुग्दछन् ।
‘द नेचर’ जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख भए अनुसार पटक पटक बिरामी हुने कारणले अविवाहित व्यक्तिको मानसिक स्थिति प्रभावित हुने गर्दछ । यही कारण उनीहरुमा जीवनसाथीलाई लिएर आकर्षण कम हुन्छ । त्यहीकारण युवामा विवाह र सम्बन्धमा कम रुची हुने गर्दछ ।
अध्ययनमा विवाहित व्यक्तिको तुलनामा अविवाहित व्यक्तिमा कोरोना संक्रमणका कारण हुने मृत्युको संख्या अधिक हुन्छ । अध्ययनले कम पढेलेखेका र कम आम्दानी भएका व्यक्तिमा कोरोना संक्रमण पछि मृत्युको खतरा अधिक हुने गरेको छ ।

