प्रचण्ड सोझो, ओली ज्याद्रो र म हत्तु हैरान भएको मानिस हो : माधव नेपाल


काठमाडौं – नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोझो भएर केपी शर्मा ओलीलाई चिन्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको एक वर्ष पुग्दा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू ओलीको व्यवहारले हत्तु, हैरान भएको बताए ।

‘प्रचण्डले कहिले पनि कुरा उठाउनु भएन, सोझो हुनुभयो । सम्भवतः पार्टी एकता भएको धेरै कुरा गर्दा समस्या होला । ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । म हत्तु, हैरान भएको मानिस हो,’ नेपालले भने, ‘प्रचण्ड अलि सोझो मानिस हुनुहुँदो रहेछ । उहाँले कहिले पनि सहमति लागू गर भनेर भन्नु भएन ।’

प्रतिक्रिया