राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित


काठमाडौं – नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

आज (सोमबार) को बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उभिएर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेश गर्ने कार्यसूची रहेको थियो ।

नेकपा एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।

 

प्रतिक्रिया