बालुवाटारमा सर्वदलीय बैठक सुरु
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।
सत्तागठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
संसद् अवरोध र एमसिसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य दलका नेताहरुले भने सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।