एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठक आज


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठक आज काठमाडौंमा बस्दै छ ।

बैठकमा कार्य विभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिएका छन् ।

कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त सङ्गठनको १३८ शाखामध्ये ९० शाखा विस्तार गरेको र बाँकी ४८ शाखा एक महिनाभित्र गठन गर्ने योजना छ ।

त्यसै गरी काठमाडौंका १० निर्वाचन क्षेत्रमा कमिटी, १० नगर कमिटी, एक महानगर कमिटी गठन गरिसकेको छ ।

प्रतिक्रिया