संसद अधिवेशन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने


काठमाडौं – सङ्घीय संसदको अधिवेशन सुरु हुनु एक दिन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।

एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद् भवनभित्र छिर्न दिइने भएको छ ।

संसद् सचिवालयले आइतबार एक सूचना जारी गर्दै प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै सांसदहरूको एन्टीजेन परीक्षण गर्ने जनाएको हो ।

यस्तै सङ्घीय संसदका महासचिव तथा सचिवहरु, कार्य व्यवस्था महाशाखा, संसद् सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखा लगायतका सम्बन्धित महाशाखाकाका कर्मचारीहरु,मर्यादापालक एवं सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुनेछ ।

सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को अधिवेशन मंसिर २८ गते दिनको २ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया