काँग्रेस सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क लाग्ने, कुन पदमा कति ?
काठमाडौं – नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।
यस्तै उपसभापति र महामन्त्री पदमा २५–२५ हजार तथा सहमहामन्त्री पदका उम्मेदवारले २० हजार तिर्नुपर्नेछ । यसैगरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १० हजार शुल्क तोकिएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन दर्ताअघि नै बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ । रकम जम्मा गर्नका लागि समितिले प्रभु बैंकको खाता उपलब्ध गराएको छ ।
काँग्रेसको सभापतिसहित १३४ पदमा सोमबार मतदान हुँदैछ भने आज(शनिबार) मनोनयन दर्ता हुँदैछ ।