नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन र अनुचित साँठगाँठ पनि गर्दैनः ओली


काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकामना मन्तव्य दिएका छन् ।

शुभकामना मन्तव्यका क्रममा ओलीले नेकपा एमाले एक्लै हिँड्ने रहर पनि नगर्ने र अनुचित साँठगाँठ पनि नगर्ने बताए ।

नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन् । उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए ।

ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे । ओलीले देश अन्धकारमै नरहेको उल्लेख गरे । कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको बताए ।

नेपाली कांग्रेसले अरुका नीतिमा होइन आफ्ना नीतिमा अगाडि बढोस्, उनले भने ।

 

 

प्रतिक्रिया