
अस्वस्थ्य ओली बागमती प्रदेश कमिटीको बधाई कार्यक्रममा
कांग्रेस महाधिवेशनमा एमालेको प्रतिनिधित्व अहिलेसम्म भएन
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बागमती प्रदेश कमिटीको बधाई कार्यक्रममा पुगेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा आमन्त्रित गरिएका एमाले अध्यक्ष केपी ओली अहिले पार्टीकै कार्यकममा पुगेसँगै महाधिवेशनमा सहभागी नभएका हुन् । ।
कांग्रेसको महाधिवेशन चलिरहेका बखत अध्यक्ष ओली भने एमाले बागमती प्रदेश कमिटीको बधाई कार्यक्रममा सम्बोधन गर्दै रहेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशनमा १ बजे उद्घाटन कार्यक्रमको तय गरिसकेको अवस्थामा ओली उता बधाई कार्यक्रममा सम्बोधन गरिरहेका थिए ।
कांग्रेस कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको उपस्थिति रहेको छ ।
कांग्रेस महाधिवेशनको उद्घाटन सत्रका लागि आमन्त्रिक गरिएका अध्यक्ष ओली नआएसँग अहिलेसम्म एमालेका कोही पनि प्रतिनिधि उपस्थित भएका छैनन् ।
बिहीबार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि घरमा नै आराम गरिरहेका थिए । शुक्रबार स्वास्थ्यमा सुधार भएसँगै ओली पार्टीका कार्यक्रममा सहभागी भएका हुन् ।
यसअघि केही करिब २ साताअघि चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा भने कांग्रेस सभापति एवं शेरबहादुर देउवा पुगेका थिए ।



कागजपत्र |
