२ करोड घुस उठाउन शक्तिकेन्द्र धाउँदै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल


काठमाडौं – सेक्युरिटी प्रेस मेसिन ठेक्का प्रकरणमा विवादित सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल तनाबमा परेका छन् । २०७४ साल असारमा कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले २०७७ चैतमा सरकारले ल्याउन लागेको सेक्युरिटि प्रेस मेसिन खरिदमा चलखेल गर्दै ठेक्काको कमिशनबापतको रकम उठाउने चक्करमा लागेका छन् ।

उक्त प्रेस खरिदमा प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेशनलले भन्दा ६ करोड बढी मूल्यमा कबोल गर्दै ओम्नि समूहसँगको जेभिमा म्याक्स इन्टरनेशनललाई ठेक्का दिलाउन सफल भएका पौडेलले अहिले ठेक्का मिलाइदिए बापतको कमिशन नपाएपछि अहिले म्याक्ससँग पैसा उठाउन शक्तिकेन्द्र धाउँदै हिँडेका छन् । निर्देशक पौडेल अहिले पछिल्लो समय त्यस काम दिएबापत पाउनुपर्ने २ करोड दिनुपर्ने घुस म्याक्स इन्टरनेसनलका सञ्चालक अकबर हुसेनले नदिएपछि हारगुहार गर्दै हिँडेका छन् ।

प्रतिस्पर्धामा सहभागी ४ कम्पनीमध्ये ठेक्कामा मूल्यका आधारमा दोस्रो भएको कम्पनीलाई छनोट गरेर सबैभन्दा कम मूल्य प्रस्ताव गरेर पहिलो भएको कम्पनीलाई ठेक्का नदिएर दोस्रोलाई दिइएको थियो । सुरक्षण मुद्रण केन्द्रले म्याक्सलाई सेक्यूरिटी प्रेस आपूर्तिका लागि ७३ करोड ८८ लाख ९८ हजार रुपैयाँको ठेक्का दिएको हो । उक्त ठेक्कामा सहभागी इलिमिक इन्टरनेशनल प्रालिले ६७ करोड ९० लाख ५७ हजार ६९९ रुपैयाँको दररेटमा ठेक्का प्रस्ताव गरेको थियो ।

संसद्को सार्वजनिक लेखा समितिले गतवर्ष ८ फागुनमा आर्थिक घोटाला भएको ठहरसहित सेक्युरिटी खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिए पनि सुरक्षण मुद्रण केन्द्रले प्रतिनिधिसभा विघटित भएको मौका छोपी नयाँ टेन्डर खुलाएको थियो ।

यसअघि सरकारले फ्रान्सको आईएन ग्रुपसँग सरकारीस्तर (जीटुजी) प्रक्रियाबाट सुरक्षण मुद्रण खरिद गर्न प्रक्रिया अघि बढाएकोमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको करोडौँ घुस मागेको अडियो प्रकरणपछि उक्त योजना तुहिएको थियो ।

संसद्को सार्वजनिक लेखा समितिले गतवर्ष ८ फागुनमा आर्थिक घोटाला भएको ठहरसहित सेक्युरिटी खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिए पनि सुरक्षण मुद्रण केन्द्रले प्रतिनिधि सभा विघटित भएको मौका छोपी नयाँ टेन्डर खुलाएको थियो ।

पौडेल पछिल्लो समय सूचना तथा सञ्चार मन्त्रालयका विभिन्न कार्यहरुमा चलखेल गर्न सफल पौडेलले प्रविधि क्षेत्रको विभिन्न विधामा ठेक्का हात पार्ने गरेका छन् । उनी मेसिन रिडेबल पासपोर्ट (एमआरपी), लाइन्सेन्स प्रिन्ट, सामुदायिक विद्यालयमा आईटी ल्याब, नेपाल टेलिकमको फोरजी, नेसनल पेमेन्ट गेटवे, इम्बोस्ड नम्बर प्लेट लगायतका ठेक्कामा संलग्नता रहेका छन् ।

अकूत सम्पत्ति कमाएका पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परे पनि तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यातको कार्यकालमा ठूलो रकम खर्च गरेर मुद्दा तामेलीमा राख्न लगाएका थिए ।

पौडेल नियमित रुपमा अमेरिका जाने आउने गरिरहने गर्छन् । उनका श्रीमती र छोराछोरीसमेत अमेरिकामा नै बस्ने गरेकाले  पौडेलसँग अमेरिकी ग्रीन कार्ड रहेको सरकारी अधिकारीहरुको आशंका समेत छ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्रीत्वमा राम कार्की सूचना तथा सञ्चारमन्त्री हुँदा ५ बर्षे राजनीतिक नियुक्ति पाएका पौडेलको कार्यकाल सकिन ७ महिना बाँकी हुँदा अहिले आरजु राणाको नाम लिँदै फेरि सोही पदमा दोहोरिन्छु भनेर हिँडेको पनि पाइएको छ ।

प्रतिक्रिया