सर्प मार्ने चक्करमा २१ करोडको घर स्वाहा…


न्यूयोर्क – घरमा पसेको सर्प मार्ने क्रममा करिब २१ करोड रुपैयाँको घर जलेर नष्ट भएको छ ।

अमेरिकाको मेरिल्यान्डस्थित एक घरमालिकले आफ्नो घरमा सर्प पसेपछि त्यसलाई मार्नका लागि आगोको प्रयोग गर्दा ठूलो घाटा ब्यहोरेका छन् । उनले सर्प मार्नका लागि आगोको प्रयोग गर्दा १.८ मिलियन डलर (करिब २१ करोड रुपैयाँ) बराबरको घर जलेर पूर्ण नष्ट भएको छ ।

दमकल अधिकारीका अनुसार गत नोभेम्बर २३ का दिन घरमा आगो लागेपछि ७५ वटा आगो नियन्त्रक यन्त्रहरु पठाइएको थियो । तर, समयमै आगो नियन्त्रण लिन नसकिएपछि घर पूर्ण नष्ट भएको जनाइएको छ ।

अमेरिकाको मोन्टेगोमेरी कन्ट्री फायर र रेस्क्यु सर्भिसका प्रवक्ताका अनुसार १० हजार वर्गफुटमा फैलिएको घरमा पसेको सर्पलाई घर मालिकले कोइलाले हानेर सर्प मार्न लागेको बेला कोइलाबाट सर्प मर्नु भन्दा घर नै जलेर नष्ट भएको थियो ।

ती घरमालिकले हालैमात्र उक्त घर १.८ मिलियन डलरमा किनेको पनि जनाइएको छ ।

प्रतिक्रिया