

कांग्रेसको प्रदेश १ को अधिवेशन एक दिन पछि सर्यो

विराटनगर – नेपाली कांग्रेसको प्रदेश १ को अधिवेशनको उद्घाटनसत्र एक दिन पछि सारिएको छ । उम्मेदवारको टुङ्गो नलागेका कारण बिहीबार दिउँसो २ गर्ने भनिएको उदघाटन सत्र शुक्रबार बिहानसम्मका लागि स्थगित गरिएको हो ।
उदघटान सत्रमा सहभागी हुन प्रतिनिधिहरू कार्यक्रम स्थलमा आएको करिब साढे २ घण्टापछि काङ्ग्रेस नेता कृष्णाप्रसाद सिटौलाले शुक्रबार बिहान सम्मका लागि उदघाटन कार्यक्रम स्थगित भएको जानकारी दिए ।
उम्मेदवार छनोटका लागि संस्थापन पक्ष र संस्थापनइतर पक्ष छुट्टाछुट्टै स्थानमा बैठक बसिरहेका छन् । नेताहरू छलफलमा व्यस्त भएको र उम्मेदवारको टुङ्गो नलागेका कारण उदघाटन सत्र एक दिन सारेपछि प्रतिनिधिहरू फर्किएका छन् ।

