बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश, ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी


काठमाडौं – क्यारेबियन टापु बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बनेको छ । बेलायतकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्र प्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको हो।

राजधानी ब्रिजटाउनमा भएको भव्य समारोहमा डेम स्यान्ड्रा मेसनले बार्बेडोसको राष्ट्रपतिका रुपमा शपथ लिएको बीबीसीले जनाएको छ । यो समारोह बार्बेडोस स्वतन्त्र बनेको ५५ औं वार्षिकीको अवसर पारेर गरिएको थियो । बार्बेडोसको नयाँ युगसँगै बेलायतको शताब्दीयौं पुरानो प्रभाव समाप्त हुनेछ ।

शक्ति हस्तान्तरणको प्रतिक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । मुख्य अतिथि बेलायतका युवराज चाल्सले संवैधानिक परिवर्तनका बाबजुद पनि दुई देशबीच निरन्तर सम्बन्ध रहने बताएका छन् ।

प्रतिक्रिया