निर्विरोध महासचिव भएका पोखरेललाई घनश्याम भूसालको बधाई


चितवन – नेकपा एमालेमा निर्विरोध महासचिव भएका शंकर पोखरेललाई उपाध्यक्ष पदमा उम्मेदवारी दिएका घनश्याम भूसालले बधाई दिएका छन् ।

चितवनको सौराहस्थित बन्दसत्र परिसरमा भेट भएको बेला पोखरेललाई भूसालले हात मिलाउँदै बधाई दिएका हुन् ।

भूसालले ‘बधाई छ कमरेड’ भन्दै हात मिलाउँदा पोखरेलले मुसुक्क हाँस्दै ‘धन्यवाद’ भनेका थिए ।

निर्विरोध भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

 

प्रतिक्रिया