सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव, एक मत आए पनि चुनाव लड्ने भीम रावलको अडान


चितवन – नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् ।

एमालेको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेता रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि नहट्ने बताए । होटेल सेभेन स्टारमा बन्द सत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदै छ ।

प्रतिक्रिया