हिन्दू राष्ट्र बनाउने मुद्दासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने शाहको घोषणा


काठमाडौं – नेपाली कांग्रेसका युवा नेता अभिषेक प्रताप शाहले कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका शाहले आगामी १४ औं महाधिवेशनका लागि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने जनाउँदै आफूले नेपाललाई पुनः हिन्दु राज्य बनाउने मुद्दालाई अगाडि बढाउने बताए ।

शाहले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने मुद्दाको साथ आफू केन्द्रीय सदस्यको उम्मेदवारी दिन्छु, सबै महाधिवेशन प्रतिनिधि साथीहरुको सहयोग र साथको अपेक्षा गर्दछु ।’

 

प्रतिक्रिया