
३२ वर्षे कविरः जो बने काठमाडौं-२ का क्षेत्रीय सभापति
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवा नेतृत्वले भूमिका पाउने क्रम बढेको छ । महाधिवेशन प्रतिनिधिमा मात्र होइन वडादेखि क्षेत्र र जिल्ला समितिमा पनि थुप्रै युवाहरू निर्वाचित भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा ३२ वर्षका कविर शर्मा क्षेत्रीय सभापति निर्वाचित भएका छन् ।
कांग्रेस संस्थापन समूहका शर्माले संस्थापानइतरसमूहका उमेदवार अर्जुन पराजुलीलाई पराजित गरे ।
काठमाडौंमा संस्थापन समूह अरू क्षेत्रमा कमजोर देखिएका बेला शर्माले पराजुलीलाई पराजित गर्दै क्षेत्रीय सभापति बन्न सफल भएका हुन्।
शर्माले अब काठमाडौं २ को संगठनलाई थप सशक्त बनाउने र आउँदो निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउने कुरामा आफ्नो जोड रहने बताए ।
त्रिचन्द्र क्याम्पसमा स्ववियू सदस्य बनिसकेका शर्मा स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासीसमेत थिए ।



कागजपत्र |
