आजदेखि तानसेन–तम्घास सडक दैनिक ११ घण्टा बन्द (सूचनासहित)


बुटवल – आजदेखि तानसेन तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द गर्ने पाल्पा-सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक फराकिलो बनाउनको लागि कार्यालयले मंसिर ८ आजदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको सूचना जारी गरेको छ ।

तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्दा उक्त सडकमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताएका छन् ।

सडक कार्यालयले विगत दुई सातादेखि सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्रमा बाटो निर्माण गर्न भन्दै रातिको समयमा बाटो बन्द गर्दैै आएको छ । राती बन्द गराउँदा बुटवलबाट, पोखरा ,गुल्मी जाने सवारीबीच बीचमा रोकिनु परेको छ ।

प्रतिक्रिया