एमाले वरिष्ठ उपाध्यक्षमा उठ्ने सुवास नेम्वाङको घोषणा


काठमाडौं – नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको भन्दै नेम्बाङ आफू वरिष्ठ उपाध्यक्षको दाबेदार रहेको बताए। अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणपछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को हेबिवेट नेता भएका छन । नेम्वाङले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै उपाध्यक्ष पदभन्दा माथि नै उम्मेदवारी (वरिष्ठ उपाध्यक्ष पद) दिने घोषणा गरेका हुन् ।

उनले सहमति भए मान्य हुने बताउँदै चुनाव भए मैदानमा उत्रने बताए । एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन ।

विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । उनले संविधानसभा अध्यक्ष र सभामुखको सफलता पूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन । नेम्बाङ संसदीय निर्वाचनमा इलामबाट हालसम्म अपराजित छन ।

प्रतिक्रिया