कपिलवस्तुमा काँग्रेसको अधिवेशन स्थगित


काठमडौँ – कपिलवस्तुमा नेपाली काँग्रेसको तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुको संघीय प्रतिनिधिसभाको अधिवेशन तथा निर्वाचन मंगलबार हुने भनिएपनि प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्त र जिल्ला सभापति सुरेन्द्र राज आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

मंगलबार स्थगित तीन वटै क्षेत्रको अधिवेशन र मतदानका लागि अर्को सूचनामार्फत जानकारी दिइने पनि काँग्रेसले जनाएको छ।

प्रतिक्रिया