रामदेव र आचार्य बालकृष्ण काठमाडौंमा


काठमाडौं – भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आइपुगेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि उनीहरु काठमाडौं आएका हुन् । पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ ।

कार्यक्रमका लागि उनीहरु काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाबा रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताए । उनले नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने बताएका छन् ।

प्रतिक्रिया