कस्तो छ त आजको मौसम ?


काठमाडौं – मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल अरवियन सागरको दक्षिणपूर्वी भूभागमा र दक्षिणपुर्वी वंगालमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो स् प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति ः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। साथै सुदुर पश्चिम प्रदेशको हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः

प्रदेश नं १ का पहाडी भू–भागका १-२ स्थानहरुमा हल्कारफाँटफुट वर्षाको सम्भावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया