पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारको अनुरोध
काठमाडौँ – गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक सम्पदाले भरिपुर्ण नगर पोखरा पर्यटको पहिलो रोजाईमा पर्ने भएकाले पर्यटकीय राजधानीको रुपमा घोषण गर्नुपर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज (बुधबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।
पोखरा नेपालको प्रमुख पर्यटकीय नगरीको रुपमा चर्चित छ ।