शिक्षक श्रेष्ठ हत्याको जिम्मा विप्लव समूहले लियो, ‘प्रतिकारस्वरूप श्रेष्ठको ज्यान गयो’ (विज्ञप्तिसहित)


काठमाडाैं –विप्लव समूहले मोरङमा भएको शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले शिक्षकको हत्याको जिम्मेवारी लिएको हो ।

मृतक श्रेष्ठले आफ्नो समूहविरुद्ध विभिन्न गतिविधि गरेको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेशन सञ्चालन गरेको र आफ्नो समूहका कार्यकर्ताका घरघरमा प्रहरी पठाएर आतङ्कित पारेको विज्ञप्तिमा भनिएको छ । ‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’ 

पटक-पटक सम्झाउँदा पनि शिक्षक राजेन्द्र श्रेष्ठले आक्रमण गर्न खोज्दा प्रतिकारको रूपमा उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले मिक्लाजुङ १ बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन् । नेत्रविक्रम चन्द विप्लव समूहले अपहरणपछि जंगलमा लगेर घाँटी रेटी हत्या गरेको थियो। 

प्रतिक्रिया