सुनको भाउ प्रतितोला ५०० रुपैँयाले वृद्धि


काठमाडौँ – नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बृद्धि भएर ९४ हजार ८०० कायम भएको छ ।

सोमबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा १० ले वृद्धी भएर एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया