टी–२० विश्वकपः पाकिस्तानले अस्ट्रेलियालाई हराउँदै फाइनल प्रवेश गर्छः लारा


काठमाडौं – विश्वकै महान् ब्याट्सम्यान ब्रायन लाराले पाकिस्तानले टी–२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियालाई हराउने बताएका छन् ।

युएई जारी टी–२० विश्वकपमा अहिलेसम्म एउटा खेल पनि नगुमाएको पाकिस्तान प्रतियोगिताकै सर्वाधिक सन्तुलित टोलि देखिएको छ ।

लाराका अनुसार विश्वको दोस्रो सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियालाई पराजित गर्नेछ ।

पहिलो सेमिफाइनलमा न्यूजिल्यान्डले इङ्ल्याण्डलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

 

लाराले दोस्रो सेमिफाइनलको बारेमा सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘अस्ट्रेलिया टिम खतरनाक टिम हो, उसको लाइनअप बलियो छ, जुनसुकै टिमलाई पनि हराउन सक्छ, तर अहिले पाकिस्तानसँग ब्याट्सम्यान र बलर दुवै उत्कृष्ट् छन्, जसले गर्दा अस्ट्रेलियालाई फाइनलबाट टाढा राख्दै फाइनल प्रवेश गर्न सक्छ ।’

यसअघि लाराले इग्ंल्याण्ड र न्युजिल्याण्डबीचको खेल पनि न्यूजिल्यान्डले जित्ने भविष्यवाणी गरेका थिए, जुन सत्य सावित भएको थियो ।

 

प्रतिक्रिया