
डोल्पा पुगेर प्रचण्डले भने- आगामी चुनावमा माओवादी फेरि पहिलो हुन्छ
काठमाडाैं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले डोल्पा पुगेर माओवादी फेरि पहिलो पार्टी बन्ने बताएका छन् ।
बिहीबार डोल्पा सदरमुकाम दुनैमा कार्यकर्ता भेटघाटमा उनले अब थोरै मिहेनत गरे आउने निर्वाचनमा पहिलो पार्टी हुनेमा ढुक्क हुन भन्दै जनता सम्म पुग्न कार्यकर्तालाइ निर्देशन दिए।
शान्ती प्रक्रियामा आए लगत्तै माओबादी पहिलो दल भएको भन्दै अध्यक्ष दाहालले अब आउने निर्वाचनमा गठबन्धन कै सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृतिलाई हराउने बताए।
उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो कुरा माओवादीले मात्रै बुझेको बताउँदै जिल्लामा माओबादी पार्टी बलियो बनाउन समेत आग्रह गरेका थिए।
त्यस्तै अर्थमन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्यवस्था गने बताए। डोल्पाका जनताका सबै समस्या हल गर्न तयार रहेको र चिनको तिब्बतको क्याटो नाका हुदै बाँकेको जमुनाहा सम्म सड्क निर्माण गरि धो मा सुक्खा बन्दरगाहा निर्माण गर्ने लक्ष्य रहेको समेत बताए।
अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत ,अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पामा बुधबार पुगेर आज सदरमुकाम दुनै पुगेका हुन्।



कागजपत्र |
