चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तीव्रता दिने आश्चर्यजनक सहमति


एजेन्सी – अमेरिकी जलवायु मामिला दूत जोन केरीले अमेरिका र चीनबीच ‘जलवायुमा सहकार्य मात्रै यो काम गर्ने एकमात्र बाटो भएको’ बताए। अमेरिकी जलवायु मामिला दूत जोन केरीले अमेरिका र चीनबीच ‘जलवायु सहकार्य यो काम गर्ने एकमात्र बाटो भएको’ बताए।

चीन र अमेरिकाले ग्लास्गोमा आयोजित कोप२६ जलवायु सम्मेलनमा एउटा आश्चर्यजनक घोषणा गर्दैआउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन्। विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने उल्लेख गरिएको एउटा दुर्लभ संयुक्त वक्तव्य जारी गरेका छन्।

सो वक्तव्यले प्यारिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न ‘उनीहरूको सहकार्यको दृढ बाचालाई स्मरण’ गरेको जनाएको छ।

उनीहरूले उक्त लक्ष्य भेट्नका लागि रहेका ‘उल्लेख्य खाडलहरू’ पुर्ने प्रयासहरू बढाउने बताएका छन्।

चीन र अमेरिकाले के भने ?

चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा ‘चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको’ बताएका छन्।

बीबीसी चिनियाँ सेवाकी जो यीन फङ्गले यस वक्तव्यसँगै चिनियाँ राष्ट्रपति ग्लास्कोमा उपस्थित नभए तापनि सम्मेलनमा मुख्य भूमिका निर्वाह गरेको देखाउने बेइजिङको व्यग्रता देखिने बताउँछिन्। पछिल्ला १० महिनामा झण्डै ३० भर्चुअल बैठकहरू गरेपछि त्यस्तो वक्तव्य आएको बताइएको छ।

चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा ‘चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेकोु बताए। जुन गतसाता राष्ट्रपति बाइडन र चिनियाँ राष्ट्रपति ग्लास्कोमा नआएर’ जलवायु सङ्कटबाट भागेकोु भन्ने अभिव्यक्तिसँग अमिल्दो देखिन्छ।

अमेरिकी जलवायु मामिला दूत जोन केरीले अमेरिका र चीनबीच ‘असहमतिका अभाव नभएको तर जलवायुमा सहकार्य मात्रै यो काम गर्ने एकमात्र बाटो भएको’ बताए ।

यसैसाताको सुरुमा एउटा हानिकारक हरितगृह ग्यासको उत्सर्जन सीमित पार्ने झण्डै १०० अन्य देशहरूले गरेको संयुक्त सहमतिमा सहभागी हुन चीनले अस्वीकार गरेको थियो।
त्यसको साटो चीनले मिथेनको समस्यासँग जुझ्न ‘राष्ट्रिय योजना’ बनाउने बाचा गरेको थियो।

यसले अर्को साता बाइडन-सीबिच हुने एउटा भर्चुअल सम्मेलनको लागि समेत ब्रिग्रिरहेको अवस्थाबीच एकखाले माहोल बनाएको बताइएको छ।

वैज्ञानिकहरूले विश्व तापमान वृद्धिलाई पूर्व औद्योगिक समयसँग तुलना गर्दै १.५ डिग्री सेल्सिअसमा सीमित राख्दा मानवताले भयानक जलवायु असरहरू झेल्नु नपर्ने बताउँछन्।

सन् २०१५ मा प्यारिसमा विश्व नेताहरूले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सिअसदेखि २ डिग्री सेल्सिअस बीचमा राख्न कार्बन उत्सर्जनमा उच्च कटौतीहरू गर्ने बाचा गरेका थिए।

प्रतिक्रिया