
आजदेखि १२ औं जनगणना
राष्ट्रपति भण्डारीको विवरण संकलन गर्दै सुरु गरिँदै
काठमाडौं – प्रत्येक १०/१० वर्षमा गरिने जनगणना आजबाट सुरु हुँदै छ ।
सन् १९६८ देखि हरेक १० वर्षमा देशभरको जनसंख्यालाई गणना गरिँदै आएको छ । हरेक १०/१० वर्षमा हुने जनगणना यस वर्ष १२ औं जनगणना आज देखि सुरु भई ९ मंसिरसम्म चल्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।
यसका लागि गणकहरु आज बिहान ९ः ३० बजे राष्ट्रपति भण्डारीको निवासमा पुग्ने छन् । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ ।



कागजपत्र |
