
एमाले सुदूरपश्चिम कमिटीको आज बस्ने बैठक अवैध भन्दै भीम रावलले गरे बहिस्कार
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गरेका छन् ।
आज बस्ने बैठकले गर्ने निर्णयसमेत अवैध र अमान्य हुने रावलको चेतावनी छ।
बैठक बस्ने दिन रावलले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्।
रावलले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न गरेका छन् ।
आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?
— Dr. Bhim Rawal (@BhimRawal179) November 9, 2021



कागजपत्र |
