अमेरिकी प्रविधि कम्पनी याहु चीनबाट किन बाहिरिँदै छ ?


काठमाडौं – चीनबाट बाहिरिने अमेरिकी प्रविधि कम्पनीहरूको सूचीमा याहु पनि थपिएको छ । चीनको कठिन नीतिगत व्यवस्थाका कारण याहुले चीनबाट बाहिरिने निर्णय गरेको हो ।

केही समयअघिमात्रै लिंक्डइन पनि चीनबाट बाहिरिएको थियो । लिंक्डइन बाहिरिएसँगै पश्चिमी मुलुकमा निर्मित सामाजिक सञ्जालमध्ये चीनमा प्रयोग हुँदै आएको एकमात्र सर्भिस पनि सकिएको थियो ।

कम्पनीले चीन सरकारको विभिन्न नीतिगत व्यवस्थाका कारण आफूहरूले लिंक्डइन बन्द गर्ने निर्णय गरेको बताएको थियो । त्यसैलाई पछ्याउँदै याहु पनि चीनबाट बाहिरिएको हो ।

अहिले नै कतिपय चिनियाँ प्रयोगकर्ताले याहुमा एक्सेस रोकिएको भन्दै जानकारी दिइरहेको जनाइएको छ । भने, याहुले पनि चीनबाट बाहिरिने निर्णय गरी त्यसको सुरुवात भइसकेको जनाएको छ ।

‘इन्टरनेटमा सबैको पहुँच विस्तारमा चिनियाँ प्रयोगकर्ताले कम्पनीप्रति देखाएको विश्वासप्रति हामी कृतज्ञ छौं,’ याहुले भनेको छ, ‘प्रयोगकर्ताको निरन्तर सहयोग याहुका लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’

प्रतिक्रिया