जलवायु सम्मेलनमा उपस्थित नहुनु चिनफिङको ठूलो गल्ती : बाइडेन


काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले स्कटल्याण्डको ग्लासगोमा जारी जलवायु सम्मेलन (कोप–२६) मा सहभागी नहुनु चिनियाँ समकक्षी सि चिनफिङको ‘ठूलो गल्ती’ भएको बताएका छन् । मंगलबार ग्लासगोमा बोल्दै बाइडेनले भने, ‘मलाई यो ठूलो गल्ती हो, नढाँटी भन्दा चीनप्रति त्यति सम्मान देखिएको छैन ।’

चिनियाँ राष्ट्रपति चिनफिङ कोभिड–१९ को महामारी सुरु भएपछि कुनै पनि विदेश यात्रामा निस्किएका छैनन् । उनले सोमबार कोप–२६ को लागि आफ्नो भिडियो सन्देश पठाएका थिए ।

बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पनि आलोचना गरेका थिए । यो सम्मेलनमा पुटिन पनि सहभागी भएका छैनन् । यद्यपि मंगलबार भिडियो सन्देशमार्फत पुटिनले वन संरक्षणको लागि कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसअघि इटालीको रोममा भएको जी२० सम्मेलनमा पनि चिनियाँ राष्ट्रपति चिनफिङ सहभागी भएका थिएनन् । यो सम्मेलनमा बाइडेन र चिनफिङबीच भेटवार्ता हुने अपेक्षा थियो । उनीहरुबीच यस वर्षको अन्तिममा भुर्चअलरुपमा वार्ता हुन सक्ने बताइएको छ । तर, अझै मिति भने तय हुन सकेको छैन । एजेन्सी

प्रतिक्रिया