राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त


काठमाडौं – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन्। राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राईलाई पाँच दलीय गठबन्धनको सहयोग छ। मुख्यमन्त्री राईको सपथ मंगलबारै दिउँसो ३ बजे हुने भएको छ।

विश्वासको मत नमिल्ने भएपछि मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मंगलबार दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले समय दिएका थिए। तर सोमबारै राई ४९ जना सांसदको समर्थनसहित ५ दलीय गठबन्धन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

यसैबीच प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे तय गरेको सपथ ग्राहणको कार्यक्रम ३ बजेका लागि सारेको छ। मन्त्रीहरुको नाम टुंगो नलागेपछि सपथ कार्यक्रम एक घण्टा पछाडि सरेको हो।

प्रतिक्रिया