बाढी प्रभावित क्षेत्र र एग्रो फार्म अवलोकन गर्न मनाङ पुगिन् राष्ट्रपति भण्डारी
मनाङ – राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् ।
अवलोकन भ्रमणका लागि उनी मनाङ गएकी हुन् । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गरेकी छन् ।
त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने कार्यक्रम छ ।
यस्तै जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ।