प्रधानन्यायाधीशको बेन्चमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रिट, कस्तो आउला आदेश?


काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने नीतिगत निर्णयमा हस्ताक्षर गरी भ्रष्टाचार गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको रिटको आदेश सोमबार हुँदैछ।

१८ असोजमा ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ गर्दै फैसला सुनाउने मिति आजका लागि तोकिएको थियो।

उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ। न्यायालयमा विवाद कायम रहेकाबीच उक्त मुद्दाको सुनुवाई हुन लागेको हो।

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीसहित १७५ विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो।

प्रतिक्रिया