पाल्पामा २४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा छोरी


बुटवल – पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छन् ।

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी हुन् ।

अस्पतालका अनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो महिला तथा प्रसूति विशेषज्ञ डा। तारा केसीको टीमले शल्यक्रिया गरेको थियो ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार चारैजना शिशु र आमाको अवस्था सामान्य छ । सामान्यतः दुई-दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ । तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ । बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको गुरुङले बताए ।

प्रतिक्रिया