
प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन गर्ने बार सल्लाहकारको चेतावनी
काठमाडौं – नेपाल बार एशोसिएसन सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने सुझाव दिँदै यदि तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने बताएका हुन्।
बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, ‘आजको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्छ भनेका छन्, प्रधानन्यायाधीश जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो । बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने देशव्यापी रुपमा आन्दोलन गर्नुपर्छ।’



कागजपत्र |
