मेची क्राउनको गतिः एउटै कुर्सीमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री ओली


काठमाडौं– प्रदेश १ को एकमात्र पाँचतारे होटल मेची क्राउनले पर्यटकीय र आन्तरिक आतिथ्यमा गति लिएको छ। मुख्यगरी भारत र नेपालको पनि आन्तरिक पर्यटनलाई लक्षित गरी गत बर्षबाट सञ्चालनमा आएको मेची क्राउनमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारदेखि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगिसकेका छन्।

पूर्वराजा ज्ञानेन्द्र दम्पत्तीसहित परिवारका सदस्यले गत बर्ष पूर्वरानी कोमल शाहको जन्म दिन सोही होटलमा मनाएका थिए। हरेक बर्षको हिउँदमा झापामा समय बिताउन पुगेका बेला पूर्वराजपरिवार होटल मेची क्राउनमा पुगेका थिए।

यसैगरी गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष ओली पनि सोमबार उक्त होटलमा पुगेका थिए। ओलीसँगै एमालेका स्थानीय नेतालगायत केन्द्रीय नेताले होटलको भ्रमण गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्र जुन कुर्सीमा बसेका थिए सोही कुर्सीमा बसेर ओलीले होटल व्यवस्थापनको तारिफ गरेका छन्। उनले झापा जिल्लामा सुविधासम्पन्न होटलले पर्यटन प्रबद्र्धनमा मद्दत गर्ने बताए।

‘देशका नाम चलेका र मुर्धन्य व्यक्तित्वको आगमन र अनुगमनले आन्तरिक पर्यटन बढ्छ भन्ने आशा लिएका छौं’, होटल व्यवस्थापनले भनेको छ,‘हामी बाह्य पर्यटनको सुविधाका लागि पनि तयार भैसकेका छौं।’

प्रतिक्रिया