रेडपाण्डाको छालासहित चाबहिलको क्याफेबाट ५ जना पक्राउ


काठमाडौं – महानगरीय अपराध महाशाखाले रेडपाण्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ । महाशाखा बाट खटिएको एक टोलीले राजधानीको चाबहिलमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको  छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको  छ भन्ने बिशेष सुचनाको आधारमा आइतबार ५ जनालाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले चाबहिलको सत्कार क्याफेबाट  अन्दाजी ९० सेन्टिमिटर लम्बाई र १५ से.मी.चौडाई भएको प्रतिबन्धित दुर्लभ रेड पान्डाको छालासहित काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ३ का २६ वर्षीय युवक लामा, नुवाकोट जिल्ला पञ्चकन्या–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा जिल्ला सिलिचुङ गाउँपालिका वडा नं. २ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. २ का सुभाष गिरी र रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ का २० वर्षीय दावा घलेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ६ थान मोबाइल पनि बरामद भएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागी सोमबार जिल्ला बन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया