

माधव नेपालबाहेक अरु नेतालाई पार्टीमा फर्कन ओलीको आग्रह

झापा – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबाहेक अरु नेतालाई पार्टीमा फर्कन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
आइतबार गृह जिल्ला झापा पुगेका ओलीले माधव नेपाललाई भने फेरि नेकपा एमालेले नलिने बताएका हुन् ।
‘माधव नेपालबाहेक अरु पार्टीमा फर्किए हुन्छ, अरु साथीहरु फर्कनुहोस्, भ्रममा नपर्नुहोस् । तर माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि नेकपा एमालेले लिँदैन’, ओलीले भने ।
माधव नेपालको पछि लाग्ने मान्छे देखेर अचम्म लाग्ने पनि ओलीले टिप्पणी गरे । ‘माधव नेपालको पछि लागेका दुई चार जना अलमलमा परेको देखेर अचम्म लाग्छ । के देख्या होला रु’ ओलीले आश्चार्य प्रकट गरे ।
व्यवसायी दुर्गा प्रसाईंको भनाइमा समर्थन जनाउँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि लागेर पनि काम नहुने बताए ।

