बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु, ६ घाइते


काठमडौं -बुटवलबाट तम्घास जादैँ गरेको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन।

विहीबार राती ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो।

लु १ ज ४४९० नम्बरको जिप सडकबाट ५ सयम मिटर तल खसेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेको प्रहरीले पुष्टि गरेको छ।

जिप चालक कमल थापासहित ६ जना घाइते भएका छन।

प्रतिक्रिया