
साफ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै
काठमाडौं – साफ च्याम्पियनसिप अन्तर्गतको खेलमा अहिले नेपाल र भारत भिड्दैछन् ।
माल्दिभ्सको राजधानी मालेमा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा दुवै टिम भिड्दै गरेका हुन् । खेलको पहिलो २० मिनेटसम्म दुवै टिमबाट कुनै गोल हुन सकेको छैन ।
प्रतियोगितामा नेपालले शतप्रतिशत नतिजाका साथ २ खेलमा ६ अंकसहित पहिलो स्थानमा रहेको छ भने भारत दुवै बराबरीसँगै २ अंकसहित चौथो स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने भारतले बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो ।
अहिलेको खेलमा जित हात पारेमा नेपाल फाइनल प्रवेश गर्नेछ भने भारत प्रतियोगिताबाट बाहिरिनेछ ।
यसअघिको आजै भएको खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्सले ६ अंक हात पारेको छ भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।



कागजपत्र |
