

प्रदिप यादवलाई मन्त्री नबनाउँदा उपेन्द्रको पुत्ला जल्यो

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्ला उनकै कार्यकर्ताले जलाएका छन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा पर्सा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई मन्त्री नबनाएको भन्दै आक्रोशित युवाको समूहले उपेन्द्रको पुत्ला दहन गरेका हुन्।
मन्त्री नबनाएको भन्दै जसपाभित्र तिव्र असन्तुष्टि रहेको छ।

