प्रदीप पौडेललाई कोरोना संक्रमण, अस्पताल भर्ना


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई कोरोना संक्रमण भएको छ ।

पौडेललाई बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा बिहीबार गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको हो । नेता पौडेल केही दिनदेखि बिरामी भएर घरमै आराम गरिरहेका थिए ।

रिजालका अनुसार पौडेललाई सोही अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक नभएको बताइएको छ ।

 

प्रतिक्रिया