

गाभीले अनुदानमा दिने एक लाख फाइजर खोप दसैंपछि आइपुग्ने

काठमाडौं – कोरोना विरुद्धको फाइजर खोप दसैंपछि नेपाल आइपुग्ने भएको छ।
गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले उपलब्ध गराउने भनेको माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप दसैंपछि आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराउने भएको हो। सो खोप भण्डारणका लागि युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिज उपलब्ध गराइसकेको छ। नेपालमा माइनस ७० तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले फ्रिज उपलब्ध गराएको हो।

